+
+
Shares
सेलिब्रेटी :

उपासना अर्थात गीताञ्जली (तस्वीर)

सन् २०१९ देखि अहिलेसम्म अर्थात् ६ वर्षको फिल्मी यात्रामा उपासनाले ६ फिल्ममा मात्र काम गरिन् । उनले अनमोल केसी, दयाहाङ राई, सौगात मल्ल, धीरज मगरसँग स्क्रिन सेयर गरिन् । विभिन्न फिल्ममा काम गरे पनि ‘खुस्मा’को पात्र अरूभन्दा विशेष रहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १५:४०

काठमाडौं । घरेलु फिल्ममा अलग पहिचान बनाइसकेकी अभिनेत्री उपासनासिंह ठकुरी अभिनित फिल्म ‘कर्मा’ २९ चैतदेखि प्रदर्शनमा आउँदैछ । यो एक्सन र सामाजिक ड्रामामा उनी ‘गीताञ्जली’ नामक भूमिकामा देखिँदै छिन् ।

सार्वजनिक टिजरमा उनको पात्रलाई रहस्यमयी रूपमा प्रस्तुत गरिएको छ, जसले दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ ।

उपासनाको फिल्म करिअर चाहिँ ‘क्याप्टेन’देखि सुरु भयो । पहिलो फिल्मले नै उनलाई दर्शकमाझ परिचित तुल्यायो । ‘कबड्डी ३’मा दयाहाङ राईसँग काम गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । दोस्रो फिल्म नै ब्लकबस्टर भएपछि उनको डिमान्डेड बनिन् ।

त्यसपछि ‘हात्तीछाप’, ‘खुस्मा’जस्ता फिल्ममा काम गरिन् । भिन्न चरित्रमा आफूलाई उभ्याएकी उपासनालाई पछ्याउनेको संख्या उच्च छ । अहिले उनी घरेलु फिल्मकी ब्यस्त अभिनेत्रीमध्ये पर्छिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उपासनाले ‘कर्मा’ कलाकारिताको हिसाबले विशेष फिल्म हुने बताइन् । ‘यो केवल एक्सनप्रधान फिल्म होइन, समाजसँग जोडिएको गहिरो कथा छ । दर्शकलाई कथामात्र होइन, भावनात्मक रूपमा पनि जोड्छ । कथा बलियो छ, पात्र गहिरा छन्, फिल्म विशेष लाग्छ’ उनले भनिन् ।

पात्रबारे उनले भनिन्, ‘फिल्म हेर्दा मात्र दर्शकले बुझ्नेछन् कि गीताञ्जलीको कथाले फिल्मलाई कतातिर मोड्छ । मैले यस भूमिकालाई न्याय दिन धेरै मिहेनत गरेँ, किनकी यो पात्र साधारण छैन । उसले भोग्ने परिस्थिति गम्भीर छन्, जसले दर्शकलाई सोच्न बाध्य बनाउनेछ’ उनले भनिन् ।

फिल्ममा पात्रको संघर्ष, आमा र सन्तानबीचको सम्बन्ध, उसको विचार, कर्म र परिणामको कथालाई समेटिएको छ । दर्शकले यसलाई अनुभव गर्न पाउने उनको भनाइ छ । थप्छिन्, ‘यसमा मनोरञ्जन मात्र छैन । महत्वपूर्ण सन्देश पनि दिन्छ । सामाजिक कथावस्तुलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । ‘कर्मा’ले दर्शकलाई सोच्न बाध्य बनाउनेछ ।’

दाङ र काठमाडौं आसपासमा छायांकन गरिएको हो । अनुभव सुनाउँदै उनले भनिन्, ‘कथावस्तु बलियो छ । मेरो भूमिका सहज छैन, तर त्यही चुनौतीले मलाई थप मेहनत गर्न प्रेरित गर्‍यो ।’ उनले आफ्नो लागि यो फिल्म भावनात्मकरुपमा नजिकको यात्रा रहेको पनि बताइन् ।

‘यस फिल्ममा मैले धेरै सिक्ने मौका पाएँ । मेरो लागि यो फिल्म केवल एउटा प्रोजेक्टमात्र होइन, भावनात्मक रूपमा नजिकको यात्रा हो’ उनले भनिन् ।

सन् २०१९ देखि अहिलेसम्म अर्थात् ६ वर्षको फिल्मी यात्रामा उपासनाले ६ फिल्ममा मात्र काम गरिन् । उनले अनमोल केसी, दयाहाङ राई, सौगात मल्ल, धीरज मगरसँग स्क्रिन सेयर गरिन् । विभिन्न फिल्ममा काम गरे पनि ‘खुस्मा’को पात्र अरूभन्दा विशेष रहेको बताइन् ।

उनले भनिन्, ‘विभिन्न प्रकारका भूमिकामा काम गरिसकेँ । ‘खुस्मा’को भूमिका मेरो मनपर्ने मध्येको एक हो । त्यो भूमिका गर्दा मैले अभिनयको नयाँ पाटो अनुभूत गर्न पाएँ । हामीले भोग्न नपाएको समयको जीवन शैलीलाई निर्वाह गरेकी थिएँ । ‘कर्मा’मा गीताञ्जली पात्र निभाउँदा पनि त्यस्तै अनुभूति भएको छ, किनकि यो पात्र भावनात्मक रूपमा गहिरो छ ।’

अहिलेसम्म सहकार्य गरेका कलाकारमध्ये उनी अभिनेता सौगात मल्लसँग पुनः काम गर्न चाहन्छिन् । ‘सौगात दाइको अभिनयको म फ्यान हुँ । उहाँसँग काम गर्दा सिक्ने अवसर धेरै मिल्छ, त्यसैले फेरि उहाँसँग सहकार्य गर्ने इच्छा छ । उहाँको एक्सप्रेसन, अभिनयमा रहेको गहिराइ र पात्रलाई बुझ्ने शैली निकै मनपर्छ,’ उनले खुलाइन् ।

उपासना कुनैपनि फिल्म साइन गर्दा धेरै विचार गरेर निर्णय लिने गर्छिन् । ‘सबैभन्दा पहिलो कुरा कथा हो । म जुनसुकै भूमिकामा भएपनि त्यस फिल्मसँग भावनात्मक रूपमा जोडिन सक्नुपर्छ । जब म कुनै पात्रको यात्रा महसुस गर्न सक्छु, तब मात्र म त्यो फिल्म गर्न चाहन्छु । सुटिङका बेला त्यो भूमिकालाई मेरो जीवनको अंश बनाउन सकियोस् भन्ने लाग्छ’ उनी भन्छिन् ।

उनले थपिन्, ‘सिर्जनात्मकरूपमा मलाई सन्तुष्टि दिने फिल्म नै रोज्न चाहन्छु । व्यवसायिक मात्र होइन, फिल्मले केही न केही प्रभाव पार्नुपर्छ । मेरो चरित्रले दर्शकलाई केही महसुस गराओस् भन्ने चाहन्छु ।’

कर्मा’मा उपासनाले विपिन कार्की, मुकुन भुसालसँग स्क्रिन सेयर गरिन् । यी दुई को-एक्टरसँग काम गर्दाको पहिलो अनुभव सम्झिँदै उनले भनिन्, ‘विपिन दाइसँग पहिलोपटक स्क्रिन सेयर गर्दा नयाँ कुरा सिक्ने मौका पाएँ । उहाँको अभिनयमा जुन सहजता छ, त्यो निकै प्रेरणादायी छ ।’

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?