+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कुलमान हटाएको विरोधमा टुकी बालेर ललितपुर महानगर अगाडि प्रदर्शन (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ चैत १४ गते १९:१८

१४ चैत, काठमाडौं । कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा  स्वतन्त्र रुपमा जम्‍मा भएर नागरिकहरूले टुकी बालेर प्रदर्शन गरेका छन् ।

बिहीबार साँझ ललितपुर महानगरपालिका अगाडि उनीहरू भेला भएर कुलमान हटाउने सरकारको निर्णयविरूद्ध टुकी बालेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘भ्रष्ट सरकार चाहिँदैन, प्राधिकरण मास्न पाँदैन,’, ‘उज्यालो नायक कुलमान जिन्दावाद, निरंकुश सरकार चाहिँदैन,अन्धकारमा राख्‍न पाइदैन, ‘व्‍यापारीलाई पोस्न बन्द गर,’ जिम्‍मेवारीमा कुशल, कुलमानको कार्य असल,’ ‘भ्रष्ट सरकार मुर्दावाद’ सहितको नारा लगाउँदै हातमा टुकी र ब्‍यानर लिएर प्रदर्शनमा उत्रिएका हुन् ।

यसअघि माइतीघर मण्डलामा भेला भएर राप्रपाका नेता कार्यकर्ताहरूले कुलमान हटाउने सरकारको निर्णयविरूद्ध प्रदर्शन गरेका थिए ।

सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।

कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।

मंगलबार दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गरेको थियो। प्रदर्शन गर्न त्यहाँ पुगेका टोलीका युवाहरूमाथि प्रहरीले धरपक्कड गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?