+
+
Shares

प्रदर्शनले सांसदलाई संसद् भवन पुग्न सकस

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १२:३२
फाइल तस्वीर

१५ चैत, काठमाडौं । शुक्रबारको प्रदर्शनले सांसदहरूलाई संसद् भवन पुग्न अप्ठ्यारो भएको छ ।

संघीय संसद्‍को दुवै सभाको बैठक बस्दैछ । शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे राखिएको छ । प्रदर्शनका कारण काठमाडौंको सवारी प्रभावित भएको छ । यसले सांसदहरू पनि प्रभावित भएका हुन् ।

‘विरोध नगर्न भन्न भएन । तर, गाह्रो, गाह्रो गरी संसद् भवन आइपुगियो,’ एक प्रतिनिधिसभा सदस्यले भने, ‘राष्ट्रिय सभाको माननीयहरूका लागि झन् गाह्रो देखिन्छ । बिहानै आउने कुरा भएन । दिउँसो आउन समस्या छ ।’

गाह्रो गरी संसद् भवन आइपुगेको भएता पनि प्रतिनिधिसभाको बैठक समयमा सुरु नभएको उनले असन्तुष्टि जनाए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

प्रधानमन्त्रीको जवाफ नपाएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

आजै बिहान सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, निकास निस्किएको छैन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा आज विधेयकहरू अगाडि बढाउने कार्यसूची छ ।

राष्ट्रिय सभामा विभिन्न ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक अगाडि बढाउने कार्यसूची छ । तर, सभाको कामकारबाही अगाडि बढ्ने वातावरण बन्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?