+
+
Shares

राजावादीले पारे व्यक्तिकै घर छियाछिया (तस्वीरहरू)

उक्त घरभित्र मानिसहरू छन् । छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १४:१९

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरूले व्यक्तिका घरको सिसा छियाछिया हुनेगरी फुटाएका छन् । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेर घरका सिसा फुटाएका हुन् ।

अहिले पनि त्यहाँ प्रदर्शनकारीले ढुंगा प्रहार गरिरहेका छन् ।

उक्त घरभित्र मानिसहरू छन् । छतबाट मानिसहरूले प्रहरी नभएको इसारा हातले गरिरहेका छन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।

त्यसपछि राजावादी समर्थकहरू झनै उच्छृंखल बनेका हुन् ।

चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए ।

उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

तस्वीरहरूः विकास श्रेष्ठ/शंकर गिरी अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?