+
+
Shares

‘हेलमेट खोई कमरेड ?’

र्‍याली सुरु हुनुअघि एमालेका केही नेताहरूले मोटरसाइकलमा बसेर जुलुस सुरु गरेजस्तो देखिने तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरे । समाचारका लागि पुगेका पत्रकारहरूका लागि केही नेताहरूले हेलमेट बिना नै पोज दिएको देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १७:५४

१८ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सोमबार काठमाडौंको तीनकुनेबाट राजावादी अभियानविरुद्ध र्‍याली निकाल्यो ।

र्‍याली सुरु हुनुअघि एमालेका केही नेताहरूले मोटरसाइकलमा बसेर जुलुस सुरु गरेजस्तो देखिने तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरे । समाचारका लागि पुगेका पत्रकारहरूका लागि केही नेताहरूले हेलमेट बिना नै पोज दिएको देखिन्छ ।

र्‍यालीमा सहभागी हुन पुगेका एमाले नेताहरू राजन भट्टराई, भानुभक्त ढकाल, निरज आचार्य, विष्णु रिजाल, क्षितिज थेवे लगायतका नेताहरूले बिना हेलमेट फोटो सेसन गरेका छन् ।

‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित निकालिएको र्‍यालीमा एमाले नेताहरूले बिना हेलमेट पोस्ट गरेको तस्वीरहरूबाट जाने सन्देशबारे याद नगरेको देखिन्छ ।

एमाले नेता विष्णु रिजालले ‘प्रतिगामी हर्कतका विरुद्ध मोटरसाइकल र्‍याली’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरहरूमा हेलमेल लगाइएको छैन ।

उनको स्टाटसमा प्रतिक्रिया दिँदै एमाले धादिङकी सचिव राधिका सापकोटाले लेखेकी छन्, ‘हेलमेट लगाऔं है कमरेड !’ नेता रिजाललाई यस्तो सुझाव अरु धेरै नेता/कार्यकर्ताले पनि दिएका छन् ।

नेताहरू सुरक्षाका आधारभूत मापदण्डविपरीत हेलमेटबिनाको दृश्यले सुरक्षा र नियम पालनासम्बन्धी उनीहरूको सचेतनाप्रति प्रश्न उठाएको छ ।

सडकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सर्वसाधारणलाई प्रहरीले सजाय दिने तर नेताहरूले खुलेआम नियम उल्लंघन गर्दा कुनै प्रतिक्रिया नआउने अभ्यासप्रति पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रश्न उठाएका छन् ।

कतिपय प्रयोगकर्ताले ‘सुरक्षा नियम सर्वसाधारणका लागि मात्र लागू हुन्छ ?’ भन्दै व्यङ्ग्य गरेका छन् ।
र्‍यालीको मुख्य सन्देश ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ भए पनि नेताहरूको कार्यले विधिको शासनको

मूल्यमान्यतालाई कमजोर पारेको केहीको प्रतिक्रिया छ ।

नेतृत्वले उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै केहीले प्रश्न गरेका छन्, ‘जनता र युवा पुस्ताले तपाईंहरूबाट सिक्ने ?’

एक प्रयोगकर्ताले तस्वीरसँगै व्यङ्ग्य गरेका छन्, ‘नेता कमरेडहरू, हेलमेट लगाएरै लोकतन्त्र बलियो बनाऔं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?