
१८ चैत, काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनमा अध्यक्षबाहेक सचिव र कोषाध्यक्षमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा नेविसंघका दीपक जोशी निर्वाचित हुँदा सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भए ।
३११८ मत खसेकोमा अध्यक्षमा निर्वाचित जोशीले ७८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्ट ८ मतले पछि परे । उनले ७८१ मत ल्याए ।
अध्यक्षमा कडा प्रतिस्पर्धा देखिएको थियो । अखिल क्रान्तिकारीका अध्यक्षका उम्मेदवार प्रवीन दाहालले ७२७, स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ र स्वतन्त्र उम्मेदवार पद्मा भुषालले १६६ मत प्राप्त गरिन् ।
६ हजार १ सय ४६ मतदाता रहेकोमा विश्वविद्यालय क्याम्पसमा ३ हजार ११८ मत खसेको थियो । यसअघि २०७९ मा भएको स्ववियु निर्वाचनमा नेविसंघकै श्यामराज ओझा अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4