
‘पूर्ण राई एण्ड दाजुभाईहरू’ ब्याण्ड ।
काठमाडौं । आउँदो शनिबार च्यासल मैदानमा हुने ‘पाटन फेस्ट २०२५’मा चर्चित ब्याण्डले प्रस्तुति दिने भएका छन् ।
नेपाल रोयल मल्टिप्रपोजको आयोजनामा हुने फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाईहरू, अल्बाट्रस, जोन एण्ड दि लोकल्स, स्वप्निल शर्माको ‘स्वर’ ब्याण्ड र दुर्गेश थापाले प्रस्तुति दिन लागेका हुन् ।
ती चार ब्याण्ड युवापुस्तामाझ निकै चर्चित सांगीतिक समूह हुन् । गायक थापाको ‘दुश्मन हेरेको हेर्यै’ अहिले युट्युबको ग्लोबल ट्रेन्डिङमा छ । मध्यान्हदेखि सुरु हुने महोत्सवमा १० हजारभन्दा धेरै दर्शक सहभागी हुने आयोजकको अनुमान छ ।
दर्शकले खल्ती एपबाट टिकट काट्न सक्नेछन् । टिकट मूल्य ९००, १२०० र २००० र ५०० का टिकट तोकिएको छ । फेस्टिभलमा २० स्टल हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4