+
+
Shares

प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २१ गते १६:१९

२१ चैत, काठमाडौं । सरकारले वातावरण प्रदूषणबारे छलफल थालेको छ । कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरोकारवाला र विज्ञहरूसँग छलफल गरिरहेका छन् ।

अहिले शहरी विकास मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यका लगायत देशभर बढेको प्रदूषण रोक्ने विषयमा छलफल भइरहेको हो ।

‘प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूबीच छलफल भइरहेको छ,’ मन्त्री सिंहको सचिवालयले बताएको छ ।

हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?