
२१ चैत, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले मोर्चामा आवद्ध दलहरूका लागि १५बुँदे आचारसंहिता निर्माण गरेको छ ।
बिहीबार आयोजित मोर्चा घोषणा कार्यक्रममा आचारसंहिता सार्वजनिक गरिएको हो । मधेशकेन्द्रित विभिन्न सात दलले बिहीबार संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका हुन् ।
आचारसंहितामा सार्वजनिक रूपमा एकअर्काको आलोचना गर्न नपाइने उल्लेख छ । ‘मोर्चाका आवद्ध दलहरूले सार्वजनिक रूपमा एकअर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुत गर्नेछन् । तर, वैचारिक एवं सैद्धान्तिक सवालमा आआफ्नो विचार सार्वजनिक गर्न बाधा पर्ने छैन,’ आचारसंहितको ६ नम्बर बुँदामा भनिएको छ ।
बैठकमा सहभागीहरूले मर्यादित रूपमा सद्भावपूर्ण वातावरणमा आआफ्नो पार्टीको तर्फबाट धारणा राख्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ ।
यसैगरी, आचारसंहितामा मोर्चामा आवद्ध दलहरू मोर्चाको उद्देश्यविपरीत नहुने गरी अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरूसँग एकीकरण गर्न बाधा हुने नहुने भनिएको छ ।
प्रतिक्रिया 4