+
+
Shares

निर्मल निवासले कमान्डर बदल्यो, सरकारले विवेक पुर्‍याएन : सांसद राई

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १४:४२

२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवश्यक विवेक नपुर्‍याउँदा क्षति भएको बताएकी छन् ।

शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद राई प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमाण्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताएकी हुन् ।

‘चैत १४ गते निर्मल निवासमा ८६ वर्षीय कमान्डर परिवर्तन गरेर अर्को कमान्डर टिकाटालो लगाउँदा सरकार के हेरेर बसेको थियो ? यसमा सरकारको तयारी पुगेन,’ उनले भनिन्, ‘किनभने कमान्डरका गतिविधि त हामीले विगतमा बल्खुदेखि धेरे ठाउँम हेरिसकेका छौं ।’

सांसद राईले बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभूमिका अराजक मान्छेलाई कमान्डर तोक्दा समेत सरकार चनाखो नभएको आरोप लगाइन् ।

‘बैंकबाट अर्बौं रुपैयाँ लिइसकेपछि तिर्नुपर्दैन भनेर ऋणीहरूको भावनामाथि खेलेर अराजक बनी हिंड्नेलाई कमान्डर तोकेको सार्वजनिक भइसकेको थियो नि त,’ उनले भनिन् ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले व्यवस्थाविरुद्धका आन्दोलन र प्रदर्शन गर्नेहरूप्रति सरकार चिन्तित र गम्भीर हुन आवश्यक रहेको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?