+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बल्खुको प्रदर्शनमा कांग्रेस, एमाले र माओवादीकै झण्डा लिएर आए पनि हुन्छ : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते २१:४३
फाइल तस्वीर

२५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि बल्खुमा हुने प्रदर्शनमा कांग्रेस, एमाले र माओवादीका सदस्यहरूलाई पनि सहभागी हुन अपिल गरेका छन् ।

राप्रपाको आयोजनामा मंगलबार बल्खुमा प्रदर्शन हुँदैछ ।

उक्त प्रदर्शनमा देश र आफ्नो पार्टीको मुद्दामा सहमत हुने सबैलाई उपस्थित हुन लिङ्देनले अपिल गरेका हुन् ।

‘आफ्नो जीवनकालमै देशमा परिवर्तन देख्न चाहने र देश बनेको हेर्न चाहने सबै दिदीबहिनी दाजुभाईलाई, पार्टीको झण्डा लिएर आउन चाहनेले पार्टीको झण्डा लिएर आउने, पार्टीको झण्डामा आउन नसक्नेले राष्ट्रिय झण्डा लिएर आउने,’ लिङ्देनले भनेका छन्, ‘हैन कांग्रेस, एमाले, माओवादीमा पनि देशमा माया गर्ने मान्छे हुनुहन्छ र हाम्रो मुद्दालाई समर्थन गर्नसक्ने मान्छेहरू हुनुहुन्छ भने कांग्रेस, एमाले र माओवादीकै झण्डा लिएर आए पनि हुनछ ।’

साथै, उनले आफ्नो पार्टी कुनै पनि हिंसा र अराजकतामा विश्वास नगर्ने जिकिर गरे ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी कुनैपनि हिंसा, अराजकतामा विश्वास गर्दैन । हामीले गर्ने सबै कार्यक्रम शान्तिपूर्ण र अहिंसात्मक हुनेछन्,’ उनले भनेका छन्, ‘भोलि बल्खु क्षेत्रमा हुने प्रदर्शन पनि शान्तिपूर्ण हुनेछ । त्यो विरोध प्रदर्शन भद्र अवज्ञाको रुपमा, सत्याग्रहको रुपमा अघि बढाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?