+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अमेरिका–चीन भन्सार शुल्क तनावबीच एशियाली सेयर बजारमा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १०:४८

२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा लगाइने भन्सार शुल्क बढाएर १०४ प्रतिशत पुर्‍याउने घोषणा गरेपछि एशियाली सेयर बजारहरूमा पुनः हलचल देखिएको छ ।

जापानको प्रमुख सूचकाङ्क निक्केई २२५ मा ३.५ प्रतिशत गिरावट आएको छ भने हङकङ, दक्षिण कोरिया, अष्ट्रेलिया र भारतका सेयर बजारहरू पनि गिरावटसहित खुलेका छन्।

यसैबीच, अमेरिकी सरकारले मे महिनादेखि चीनबाट सस्तो सामानसहित आएका साना पार्सलहरूमा समेत उच्च शुल्क लगाउने निर्णय गरेको छ। यसले शीन र टेमू जस्ता चिनियाँ कम्पनीहरूलाई ठूलो क्षति पुर्‍याउन सक्छ।

चीनले अमेरिकी भन्सार शुल्कविरुद्ध कडा प्रतिक्रिया दिएको छ भने अन्य एशियाली राष्ट्रहरूले आ-आफ्नै रणनीति अवलम्बन गरेका छन्।

दक्षिण कोरियाले भने भन्सार शुल्क जवाफी कारबाही नगर्ने बताएको छ। साथै, त्यहाँको अटोमोबाइल उद्योगलाई सहयोग गर्न दुई अर्ब डलरको आपतकालीन योजना पनि घोषणा गरेको छ।

बीबीसीका अनुसार अमेरिकाभित्र सबैभन्दा धेरै लगानी गर्ने देश जापानले ह्वाइट हाउससँग प्रत्यक्ष वार्ता गर्ने अवसर पाएको छ।

पूर्वराष्ट्रपति ट्रम्पले मंगलबार नेशनल रिपब्लिकन कङ्ग्रेशनल डिनरमा जापान वार्ताका लागि तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?