+
+
Shares

दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते ११:१२

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।

प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानकारी दियो ।

‘उहाँहरु दुवै जनासँगै फेला पर्नुभएको थियो । दुबै जनालाई काठमाडौं ल्याउने तयारी हुँदैछ’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ । उनीहरुलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याउन लागिएको हो ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । प्रसाईं भारतको आसाम राज्यमा बिहीबार फेला परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?