+
+
Shares
फिल्म :

राजेश हमालको प्रशंसामा शम्भुजीत : महानायक कहिल्यै पुरानो हुँदैन

शम्भुजीतले हमालको प्रशंसा गर्दै महानायक कहिल्यै पुरानो नहुने बताए । ‘देश, संस्कृति, भाषा कहिल्यै पुरानो हुँदैन । नायक, महानायक कहिल्यै पुरानो हुँदैन’ शम्भुजीतले यसो भनेपछि हमालले जवाफ दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १६:४९

काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’ यतिबेला चर्चामा छ । फिल्मको गीत ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन एक किसिमले खास रह्यो ।

फिल्मका सबै कलाकारले एकअर्काको प्रशंसा गरे, अनुभव बाँडे र रमाइलो गरे । मुख्य कुरा, ८ वर्षपछि फिल्ममा फर्किन लागेका राजेश हमाल र उनका समकालिन संगीतकार शम्भुजीत बासकोटाको यो फिल्ममा सहकार्य पनि छ ।

शम्भुजीतले हमालको प्रशंसा गर्दै महानायक कहिल्यै पुरानो नहुने बताए । ‘देश, संस्कृति, भाषा कहिल्यै पुरानो हुँदैन । नायक, महानायक कहिल्यै पुरानो हुँदैन’ शम्भुजीतले यसो भनेपछि हमालले जवाफ दिए ।

‘अनि संगीतकार पनि भन्देऊ न’

अनि शम्भुजीतले भने : संगीतकार पनि पुरानो हुन्छ ?

राजेशले भने : हुँदैन हुँदैन ।

राजेशले शम्भुजीतलाई तिमी भनेर बोलाउँछन् । उनीहरूको यो दोस्ती पत्रकार सम्मेलनमा देखियो । हमाललाई कमब्याक फिल्मबारे पत्रकारले सोेधे । उनको जवाफ थियो- यसले नेपाली दर्शकले अपेक्षा गरेको स्वादलाई मिट गर्छ । यसमा फिलिङ्स, रोमान्स, ड्रामा, इमोसन र ट्रयाजोडी छ । भरपुर इन्टरनेटमेन्ट प्याकेज बनेको छ ।’

यो फिल्ममा राजेशले नीति शाहसँग जोडी बाँधेका छन् । नीतिले भनिन्, ‘मेरो को-एक्टरको रुपमा राजेश हमाल हुनुहुन्छ भन्दा खुसी छु ।’ राजेशले को-एक्टर राज कटुवालबाट आफू डान्स स्टेप सिक्न मन लागेको बताए ।

कार्यक्रममा गायिका रचना रिमालले संगीतका लिजेण्ड शम्भुजीतसँग गीतको नयाँ भर्सन गाइन् । अग्रणी पुस्ताका गायकसँग गाउँदा उनी खुसी देखिइन् ।

कार्यक्रममा उषा खड्गी, सनिशा भट्टराई, निर्देशक दीवाकर भट्टराई लगायतले पनि फिल्मले कुराकानी गरे । यो फिल्म जेठ ९ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?