
मुम्बई । चर्चित भारतीय रियालिटी टिभी शोहरू ‘बिग बोस’ र ‘खतरों के खिलाडी’ले टिभी च्यानल परिवर्तन गर्ने भएका छन् । ती शोका निर्माता ‘बनिजय एसिया’ कलर्स च्यानलको प्रसारणबाट पछि हटेको केही भारतीय संचारमाध्यमले जनाएका छन् ।
अहिलेसम्म सलमान खानले होस्ट गरिरहेको ‘बिग बोस’ र रोहित सेट्टीले निर्देशन गरिरहेको ‘खतरों के खेलाडी’ कलर्स टिभीमा प्रसारण हुँदै आएका छन् ।
स्रोतलाई उध्दृत गर्दै वेब पोर्टल ‘मनी कन्ट्रोल’ले यी दुबै शो अब सोनी टिभीमा आउने तयारी रहेको समाचार लेखेको छ । यसो हुनुको मुख्य कारण निर्माता कम्पनी र टेलिभिजनबीचको सिर्जनात्मक अन्तरविरोधलाई मानिएको छ ।
जसको कारण, यी दुबै शोका आगामी सिजनमा ढिलाइ हुने जनाइएको छ । नयाँ सिजन आउने निश्चित नभएपछि शोसँग आबद्ध सेलिब्रेटीहरू अहिले धमाधम अन्य काममा ब्यस्त हुन थालेका छन् ।
रिपोर्टहरूका अनुसार, ‘खतरों के खिलाडी’को सिजन १५ का प्रतियोगीहरूले मे महिनामा विदेशी स्थानमा यात्रा गर्ने अपेक्षा गरिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ‘एक्स्ट्रिम स्टन्ट’ गन्तव्यहरू मध्ये एकको रूपमा प्रसिद्ध छ ।
जुम र टेलि टक इन्डियाका अनुसार अविनाश मिश्रा, ईशा मालवीय, मुनावर फारुकी, ओरी, खुशबू पटानी (दिशा पटानीकी बहिनी) र पेशेवर बक्सर नीरज गोयत लगायत ‘खतरों के खिलाडी सिजन १५’ को लागि लाइनअपमा हुने लगभग निश्चित छन् ।
प्रतिक्रिया 4