
९ वैशाख, काठमाडौं । शिक्षकहरू आन्दोलनमै रहेका बेला सरकारले कक्षा १२ को परीक्षा सञ्चालन गर्न खोजेपछि शिक्षक महासंघ असन्तुष्ट बनेको छ ।
आफूहरूको माग सम्बोधन नगरेर निजामती कर्मचारी मार्फत परीक्षा सञ्चालन गर्न खोजिएपछि नेपाल शिक्षक महासंघ जिल्ला समिति सिन्धुलीले अपिल नै जारी गरेको छ ।
जसमार्फत परीक्षासम्बन्धी कुनै कार्यमा सहभागी नहुन विद्यालय कर्मचारी, शिक्षक र प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको छ ।
‘शिक्षक कर्मचारीका माग सम्बोधन नभएसम्म आन्दोलनको बिचमा आम विद्यालय कर्मचारी, शिक्षक र प्रधानाध्यापकहरू परीक्षा सञ्चालन, व्यवस्थापन तथा समन्वय सम्बन्धी कुनै कार्यहरूमा सहभागी नहुन अनुरोध गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा आफ्ना सबै शिक्षक कर्मचारी साथीहरू सहित सहभागिताका निम्ति हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ ।
आन्दोलनका कार्यक्रमलाई थप सशक्त र प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्न समेत शिक्षक एवम् विद्यालय कर्मचारीहरू समक्ष अपिल गरिएको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्धारा घोषित कार्यक्रम अनुसार यत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
आन्दोलन शिक्षक कर्मचारीको मात्र नभएर नयाँ शिक्षा ऐन मार्फत विद्यालय शिक्षा प्रणालीमा अग्रगामी रुपान्तरणका निम्ति भएको अपिलमा उल्लेख छ ।
नेपाल शिक्षक महासंघ र सरकारबीच विगतमा भएका सहमतिलाई कार्यान्वयन गराउनुपर्ने उनीहरूको माग छ ।
हेर्नुहोस् अपिल :
प्रतिक्रिया 4