+
+
Shares
संगीत :

यी हुन् एमालेले गर्न लागेको ‘युवा उत्सव’मा प्रस्तुति दिने कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १० गते १६:४५
एलिना चौहान (बायाँ) र पूर्ण राई ।

काठमाडौं । सत्तारुढ नेकपा एमालेले विहिबार काठमाडौंमा आयोजना गर्न लागेको ‘युवा उत्सव’मा सांगीतिक प्रस्तुति दिने कलाकार र ब्याण्डको लाइनअप घोषणा गरेको छ ।

सूचीमा पछिल्लो वर्ष धेरै सुनिएको गीत ‘म त ढलेँ ढलेँ’ फेम्ड गायिका शान्तारानी परियारदेखि युवापुस्तामा निकै रुचाइएको ब्याण्ड ‘पूर्ण राई एण्ड दाजुभाईहरू’ सम्म समावेश छन् ।

एमालेले सामाजिक संजालबाट सार्वजनिक गरेको लाइनअपमा शान्तारानी परियार, एलिना चौहान, वाङदेन शेर्पा एन्ड द काउब्वायज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा र पूर्ण राई एण्ड दाजुभाईहरू छन् ।

यी कलाकार र ब्याण्ड पछिल्लो समय इन्टरनेट प्लाटफर्ममा सर्वाधिक सुनिनेमध्ये पर्छन् । यी सबैले भृकुटीमण्डपमा हुने कार्यक्रममा लाइभ प्रस्तुति दिने जनाइएको छ । यीमध्ये केहीले संविधान दिवसको अवसरमा सरकारले आयोजना गरेको कार्यक्रममा पनि प्रस्तुति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?