 
																						फाइल तस्वीर								
											११ वैशाख, काठमाडौं । नेकपा एमालेले आज भृकुटी मण्डपमा आज युथ सेलेब्रेसन गर्दैछ । युथ सेलेब्रेसनका लागि देशभरबाट एमालेले युवाहरु काठमाडौं ल्याएको छ ।
‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्दैछौं । सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी बक्ताहरुले कुरा राख्नेछन्’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भन्छन् ।
उनका अनुसार सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।
‘जनताले जितेको दिन’ नारा सहित एमालेले युवाहरुलाई काठमाडौं बोलाएको छ । सभा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4