 
																			१२ वैशाख, काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीका चार यात्रुको जलेर मृत्यु भएको थियो ।
सडकमा हिँडिरहेको जिपले भुइँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो । त्यसक्रममा जलेर पाथीभरा मन्दिर दर्शन गर्न हिँडिरहेका चारजनाको घटनास्थलमै ज्यान गएको थियो ।
गम्भीर लापरबाहीको कारण चारजनाको ज्यान गएपछि पनि घटनाको छानविन गर्न सरकारले उदासिनता देखाएको भन्दै आलोचना भइरहेका वेला ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले चार सदस्यीय छानविन समिति गठन गरेका छन् ।
ऊर्जा मन्त्रालयले नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा मन्त्रालयका दुईजना प्रतिनिधि र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एकजना प्रतिनिधि सदस्य रहने मन्त्री खड्काको सचिवालयले जनाएको छ ।
समितिलाई दुर्घटनाको विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्न तथा भविष्यमा दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरू सुझाउन मन्त्रालयले निर्देशन दिएको छ ।
 
                









 
                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4