
१७ वैशाख, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले नेपाल–भारत सम्बन्ध दृढ रहेको र यसलाई कुनै विषयले असर नपर्ने बताएका छन् ।
बुधबार गृहमन्त्री रमेश लेखकसँगको भेटमा चौथाइवालेले यस्तो बताएका हुन् ।
‘नेपाल–भारतबीचको सम्बबन्ध दृढ छ,’ गृहमन्त्री लेखकको सचिवालयका अनुसार चौथाइवालेले अगाडि भनेका छन्, ‘कुनै पनि विषयले मित्रवत सम्बन्धमा असर पर्दैन ।’
चौथाइवालेले दुई देश बीचको सम्बन्ध थप सुदृढ गर्दै लैजाने विश्वास र प्रतिबद्धता समेत व्यक्त गरेका छन् । साथै, चौथाइवालेले नेपालको लोकतन्त्र सुदृढीकरणमा भारतीय जनता पार्टीको पूर्ण सहयोग रहने पनि बताए ।
भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आक्रमणको निन्दा गरे ।
मन्त्री लेखकले उक्त घटना दुखद् भएको बताउँदै आतंकवादी हमलाविरुद्धको घटनामा नेपाल सरकार छिमेकीमित्र भारतसित रहेको बताएका छन् ।
प्रतिक्रिया 4