 
																			१८ वैशाख, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि नेपालमा प्रभाव परेको हो । अमेरिका र चीनबीच व्यापार तथा ट्यारिफका विषयमा छलफल हुने भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ। यसले दुई ठूला राष्ट्रबीचको व्यापार युद्ध केही कम हुन सक्ने अनुमान गरिएको छ ।
चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६५ रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4