+
+
Shares

नारायणघाट–बुटवल सडक : अप्रिल २०२५ मा ७५ महिनायताकै उच्च प्रगति

आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १२:१७

१८ वैशाख, काठमाडौं । नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ ।

आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च अर्थात् ३.६३ प्रतिशत भौतिक प्रगति भएको हो । मे २०२५ मा यो रेकर्ड समेत तोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

अहिले यो सडकमा कुल ८२ प्रतिशत भागमा नयाँ कालोपत्र सडक हुँदै यात्रा गर्न सकिने भएको छ । यो आयोजनाको कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ ।

अप्रिल २०२५ मा ३.२६ प्रतिशत काम गर्ने लक्ष्य राखिएको समेत आयोजनाले जनाएको छ । यो आयोजना अन्तर्गत अहिले रातको समयमा यातायात सञ्चालन रोकेर धमाधम काम भइरहेको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको १ सय १३ किलोमिटर खण्ड यस आयोजनाभित्र पर्छ । सरकारले माघ २०७५ मा यो आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । त्यसबेला आयोजनाको काम ४२ महिनाभित्र सक्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार काम भएको भए आयोजना साउन २०७९ मा सकिनुपथ्र्यो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले एकेक वर्ष म्याद थप गर्र्दै आएको छ । यस वर्ष पछिल्लो समय भने कामले गति लिएको देखिएको छ ।

यो सडक आयोजना गैंडाकोट–दाउन्ने (६४.४२ किलोमिटर) लाई पूर्वी खण्ड र दाउन्ने–बुटवल (४८.५८ किलोमिटर) लाई पश्चिम खण्डमा विभाजित गरिएको छ ।

आयोजनामा कुल ४ सय ६२ कल्भर्ट निर्माण गर्नुपर्ने छ । यस आयोजना अन्तर्गत साना–ठूला गरी कुल ६४ पुल निर्माण गर्नुपर्ने छ । यो आयोजनामा कुल १सय १३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने छ ।

आयोजनामा कुल १०६.१७ किलोमिटर साइड ड्रेन निर्माण लक्ष्य छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी आयोजनाको ठेक्का लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?