
काठमाडौं । नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालि र जीओ अटोमोबाइल्स प्रालि चीनमा संयुक्त रूपमा सम्मानित भएका छन् ।
चीनको यिबिनमा आयोजित ‘काइयी अटो ग्लोबल बिजनेस कन्फ्रेन्स २०२५’ मा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्स ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्डबाट सम्मानित भएका हुन् ।
५० क्षेत्रीय वितरकमध्ये लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले उत्कृष्ट योगदान गरेको र नेपाली अटो बजारमा उनीहरूको बलियो सम्भावना र प्रभावशाली उपस्थिति पुष्टि भएको काइयी मोटर्सले जनाएको छ ।
यो प्रतिष्ठित सम्मानले नेपाली अटो बजारमा काइयीका गाडी बिक्री तथा प्रवद्र्धनमा लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको उत्कृष्ट प्रदर्शनी, बलियो वृद्धि सम्भावना र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्किएको जनाइएको छ ।
यो सम्मानसँगै लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्स मार्फत काइयी नेपालले नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । एडभान्स फिचर, उत्कृष्ट प्रदर्शन क्षमता, मूल्य, ड्राइभिङ अनुभव लगायत कारण यी मोडेलले नेपाली उपभोक्ताको आवश्यकता पूर्ति गर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4