+
+
Shares

१७ दिनमा १०० बढी उद्योगमा वाणिज्य विभागको अनुगमन, साढे १६ लाख जरिबाना

अनुगमन क्रममा विभागले ११ उद्योग तथा फर्मलाई १६ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते २०:०८

१८ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय उद्योग तथा फर्म अनुगमनमा तीव्रता दिएको छ ।

विभागले अनुगमन क्रममा उद्योग तथा फर्महरूलाई समान्य निर्देशन, कारोबार रोक्कादेखि जरिबाना समेत तिराउँदै आएको छ ।

विभागले १ वैशाखदेखि १७ वैशाखसम्म १ सयभन्दा बढी उद्योग तथा फर्म अनुगमन गरेको छ । उक्त अनुगमन क्रममा विभागले ११ उद्योग तथा फर्मलाई १६ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले १ देखि ३ वैशाखमा ६ उद्योग अनुगमन गरेको थियो । जसमध्ये एक उद्योगलाई २ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

त्यस्तै ४ वैशाखमा ८ उद्योग तथा फर्म अनुगमन गरेको थियो । ५ वैशाखमा विभागले ४ उद्योग तथा फर्म अनुगमन गरेकोमा एउटा उद्योगलाई ५० हजार रुपैयाँ जरिबाना तिरायो । यस्तै ७ वैशाखमा विभागले ६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

यसैगरी ८ वैशाखमा ६ उद्योगमा अनुगमन, ९ वैशाखमा ५ वटा अनुगमन, १० वैशाखमा ८ वटा, ११ वैशाखमा ११ वटा उद्योग तथा फर्म अनुगमन भएकोमा एउटा उद्योगलाई ३ लाख ५० हजार जरिबाना तिराएको थियो ।

विभागले १२ वैशाखमा ६ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । १४ वैशाखमा विभागले ९ वटा उद्योग तथा फर्ममा अनुगमन गरेकोमा एउटा उद्योगलाई २ लाख रुपैयाँ जरिबाना तिरायो ।

त्यस्तै १५ वैशाखमा १५ वटा उद्योग तथा फर्म अनुगमन गरेकोमा एउटा उद्योगलाई ३ लाख रुपैयाँ जरिबाना तिरायो । १६ वैशाखमा ११ वटा अनुगमन गरेकामा ४ उद्योग तथा फर्मलाई ३ लाख ७५ हजार रुपैयाँ जरिबाना तिरायो ।

१७ वैशाखमा ११ वटा फर्म तथा उद्योगमा अनुगमन गरेकोमा दुइटा उद्योगलाई १ लाख २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?