
१९ वैशाख, काठमाडौं । ललिपालो सिनामन रोल्सका लागि विश्व चर्चित बेकरी ब्रान्ड ‘सिन्नाबोन’ अब नेपालमा औपचारिक प्रवेश गर्ने भएको छ ।
यो ब्रान्डले आफ्नो पहिलो शाखा ललितपुर सानेपामामा खोल्न लागेको जानकारी दिएको छ । जहाँबाट सिन्नाबोन क्लासिक रोल्स, मिनीबोन्स साथै विभिन्न स्वादिष्ट पेय पदार्थहरू र बेक गरिएका परिकारहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
५० भन्दा बढी देशमा उपस्थिति रहेको सिन्नाबोनले विश्वभरिका ग्राहकलाई आफ्नो लोभलाग्दो सुगन्ध र स्वादले मोहित बनाउँदै आएको छ । अब नेपाल पनि सिन्नाबोनको यो विश्वव्यापी परिवारमा सामेल हुने कम्पनीको भनाइ छ ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले यो प्रतिष्ठित ब्रान्डलाई नेपालका बढ्दो खाद्य तथा रेस्टुरेन्ट क्षेत्रमा प्रस्तुत गर्न लागेको हो ।
नेपाली उपभोक्ताले विश्वव्यापी स्वाद र उच्चस्तरीय डिजर्टप्रतिको सह्राना बढाउँदै गएका बेला सिन्नाबोनले आत्मसात गरिने र सान्त्वनादायी स्वादहरू प्रदान गर्दै एक प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
‘हाम्रो टोली सिन्नाबोनलाई नेपालमा ल्याएर यसको विश्वप्रसिद्ध स्वादहरू नेपाली उपभोक्ताहरू सामु प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छ,’ जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘हामीलाई विश्वास छ कि सिन्नाबोनका स्वादिष्ट बेक गरिएका परिकारहरू नेपाली फुड लभर्सका लागि प्रिय बन्नेछन् ।’
गो टु फुड्स इन्टरनेसनलका एसिया प्यासिफिक वरिष्ठ उपाध्यक्ष स्टिवन याङले भने, ‘सिन्नाबोनलाई नेपालमा ल्याउनु केवल नयाँ स्थान खोल्नुमात्र होइन, यो एउटा अनुभव, एक विशेष स्वाद बाँड्ने कुरा हो, सिन्नाबोन भनेको सम्झनाहरू सिर्जना गर्नु हो । हामी व्यग्रतासाथ पर्खिरहेका छौं, कहिले नेपाली जनताले हाम्रो प्रसिद्ध परिकारहरूलाई आफ्नो दैनिकी वा विशेष उत्सवको हिस्सा बनाउनेछन् ।’
प्रतिक्रिया 4