+
+
Shares

चौदण्डीगडीको नीति कार्यक्रम : पूर्वाधार निर्माणको वर्षको रुपमा मनाउने

एक वडा, एक उत्पादन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १९ गते २३:२९

१९ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डीगडी नगरपालिकाले आज निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने ७५३ स्थानीय तहमध्ये पहिलो बनेको छ ।

नगरका मेयर कालुमान लामाले आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार वर्षको रुपमा सम्बोधन गरे । उनले जनताको अपेक्षा र आवश्यकतालाई मध्येनजर गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायतलाई सम्बोधन गरिएको बताए ।

२१२ टोल विकास संस्थाहरुमा छलफलसहित ल्याएको नीति कार्यक्रम तथा बजेटले सबै टोल विकास संस्थाहरुमा योजना वितरण गर्ने भएको छ ।

चौदण्डीगढीले ल्याएको नीति तथा कार्यक्रम अन्तर्गत ०८२/८३लाई भौतिक पूर्वाधार निर्माणको वर्षको रुपमा मनाउने लक्ष्य लिइएको छ। यस्तै एक टोल विकास एक योजना कार्यक्रम सञ्‍चालन गर्ने नगरको नीति रहेको छ ।

यस्तै नगरपालिकाले एक वडा, एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

पशु विमा कार्यक्रम, पूर्ण पशु खोप कार्यक्रम तथा नश्ल सुधार कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।

यस्तै गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयहरूको स्तरीकरण र संस्थागत विद्यालयहरूको प्रभावकारी नियमन गरने योजना लिएको छ ।

नगर उपप्रमुख मणिकादेवी दुलालले हरेक टोल विकास संस्थासंग प्रकियागतरुपले छलफल गरि ल्याएको निति तथा बजेट प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताइन् ।

कर्मचारी समायोजन, चालु खर्च घटाउने नीति अवलम्बन गरेको छ भने भूमि सम्बन्धीको विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताए ।

हेर्नुहोस् चौदण्डीगडी नगरपालिकाको नीति तथा कार्यक्रम :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?