+
+
Shares

रास्वपाले माग्यो रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १२:०१

२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रेशम चौधरीको पक्राउप्रति न्यायिक छानिबन माग गरेको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका सांसद शिव नेपालीले यस्तो माग गरेका हुन् ।

‘नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्राउप्रति सरोकार राख्दै न्यायिक छानबिनको माग गर्दछु’ उनले भने ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

उक्त घटनाको सम्बन्धमा न्यायीक छानबिन हुनुपर्ने रास्वपाको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?