
२२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक घटनामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका-३ का ७२ वर्षीय खेमराज सेढाईं नाम गरेको व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौं एसएसपी विश्व अधिकारीले बताए ।
उनलाई सुकेधाराबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सोमबार सुकेधारास्थित एक पार्टी प्यालेसमा भएको नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको छलफलमा समेत सोमबार रहेका थिए ।
उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको प्रहरीले जनाएको छ ।
उक्त छलफल सकिएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१५ चैतमा भएको राजावादी प्रदर्शनमा प्रहरीले थुप्रैलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4