+
+
Shares

डिजिटल ऐनको बारेमा आवाज उठाउने बेला आइसक्यो : आईएफजे उपाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १८:२४

२२ वैशाख, काठमाडौं। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) उपाध्यक्ष सबिना इन्दरजितले नेपाली पत्रकारको अभिव्यक्ति स्वतन्त्रताका लागि उठाउने आवाजका लागि आईएफजे सधैं साथमा रहने बताएकी छिन् ।

सोमबार नेपाल प्रेस युनियनको केन्द्रीय कार्यायलयमा आयोजित स्वागत कार्यक्रममा बोल्‍दै उनले यस्तो बताएकी हुन् ।

उपाध्यक्ष इन्दरजितले  नेपाली पत्रकारले अब डिजिटल ऐनको बारेमा आवाज उठाउनुपर्नेमा जोड दिइन् । ‘प्रविधिले फड्को मारिरहेको अवस्थामा अब नेपाली पत्रकारहरूले डिजिटल ऐन/कानुनमा लबिइङ गर्ने बेला आइसकेको छ। यसबारेमा सचेत र आवाज उठाउनुपर्ने समय आइसक्यो जस्तो लाग्यो।’

उनले अहिले पत्रकारहरू नेपालमा मात्र होइन विश्वभर नै असुरक्षित रहेको भन्‍दै आफ्नो आजाव आफैंले उठाउनुपर्ने बताइन् । उनले भनिन्, ‘ हामी पत्रकारहरू खाली अरूको लागि मात्रै आवाज बोलिदिन्छौं। अब आफ्नो लागि पनि आवाज उठाउनुपर्छ।’

यस्तै उनले प्रेस अभिव्यक्ति स्वतन्त्रताका बारेमा आफूले आईएफजेमा बसेर पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन्। ‘तपाईहरूले आवाज उठाउनुभएपछि मैले त्यहाँ रहेर  पत्रकारहरुको पक्षमा पहल गर्न मद्दत गर्नेछु। हामी पत्रकारहरू हक र अधिकारको बारेमा सधैं सजक र सचेत हुनु जरूरी छ,’ उनले भनिन्।

यस्तै प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनले चाँडै नै नेपाली प्रेसमाथि भएको आक्रमणका घटनाबारे समेटिएको रिपोर्ट सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘ हामीले चाँडैले नेपाली पत्रकारहरूमाथि भएको आक्रमणको घटनाबारे समेटिएको रिपोर्ट सार्वजनिक गर्ने तयारीमा छौं। आईएफजेले पनि साथ दियोस् भन्‍ने चाहन्छु।’

पछिल्लो २ वर्षयता नेपाली पत्रकारितामाथि राज्‍यबाटै बारम्बार आक्रमणको प्रयास र प्रेस अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठित हुने काम भइरहेको उनको भनाइ थियो ।

अध्यक्ष लम्सालले लोमाङथाङमा हुने अन्तर्राष्ट्रिय मिडिया समिटमा आउन आईएफजेकी उपाध्यक्षलाई निम्ता समेत दिएका थिए ।

आईएफजेकी उपाध्यक्षलाई नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, उपाध्यक्ष सलोजा दाहाल, ऋषिकान्त पौडेल, महासचिव  दिलिप पौडेललगायतले खादा र माला लगाएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?