+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
१० बलमा ६ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
115/2 (18.2)
Shares

हवाई हमलापछि पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यालयहरू बन्द, परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते ८:०७

२४ वैशाख, काठमाडौं । पाकिस्तानको पञ्जाब प्रदेशमा विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था बन्द गरिने घोषणा गरेकी छन्।

अलजजिराका अनुसार शरीफले विश्वविद्यालय र कलेजहरूमा हुने परीक्षा पनि स्थगित गरिने बताएकी छन्, तर अन्तर्राष्ट्रिय परीक्षा बोर्डहरूद्वारा सञ्चालन हुने परीक्षाहरू भने यथावत् रहने छन्।

पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

भारतले ‘अपरेशन सिन्दूर’ नाम दिएको यो हमलामा बालबालिकासहित दुवै देशका नागरिकहरू मारिएको खबर आउन थालेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरुमा गोलाबारी र विष्फोटका रिपोर्टहरू आएका छन् ।

भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?