
२४, वैशाख, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् ।
वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले मंगलबार किटानी जाहेरी दिएका थिए । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।
पराजुलीले पोखरा महानगरका कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि पनि मंगलबार नै कुटपिट गरेको आरोप छ । कुटपिटको विरोधमा महानगरपालिकाका कर्मचारीले बुधबार सेवा–प्रवाह ठप्प पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4