+
+
Shares

डिजिटल स्वास्थ्य सेवा ‘हेल्थ याद आयो’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १४:१३

२५ वैशाख, काठमाडौं । स्वास्थ्य सेवालाई सरल, सहज र पारदर्शी बनाउन डिजिटल प्रविधि ‘हेल्थ याद आयो’ सेवा सुरुवात भएको छ ।

‘हेल्थ याद आयो’ एक समष्टिगत डिजिटल स्वास्थ्य सेवा प्लेटफर्म भएको प्रमुख कार्यकारी अधिकृत विमल बरालले जानकारी दिए । बिरामीहरूलाई सहज, छरितो र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य स्वरुप यो सेवा सुरु गरिएको उनले बताए ।

यो प्लेटफर्मले बिरामी र कुरुवालाई झन्झटमुक्त अनुभव प्रदान गर्छ, जसले उपचार प्रक्रियालाई सरल बनाउँछ । बिरामीहरूले घरमै बसेर टेलिमेडिसिनमार्फत विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सकिने कम्पनीले बताएको छ ।

प्रबन्ध निर्देशक प्रज्वल चुकेकाअनुसार यो प्लेटफर्ममा भारतलगायत अन्य देशका प्रतिष्ठित अस्पताल र विशेषज्ञ चिकित्सकको विवरण, उपचारको प्रारम्भिक लागत र उनीहरूको उपलब्धताको जानकारी उपलब्ध हुन्छ ।

बिरामीहरूले उपचार योजना बनाउन र आवश्यक व्यवस्था गर्न सजिलो हुन्छ ।

‘हामी केवल नेपालभित्रको स्वास्थ्य सेवामा मात्र सीमित छैनौँ, यसले अन्तर्राष्ट्रिय स्तरमा पनि विदेशीहरूलाई नेपालमा स्वास्थ्य उपचार प्रदान गर्न र नेपालीहरूलाई विदेशमा उपचारको व्यवस्था गर्न सहज बनाउन मद्धत गर्छौं,’ बरालले भने ।

उदाहरणका लागि जटिल रोगको उपचारका लागि भारत वा अन्य देशका प्रतिष्ठित अस्पताल र विशेषज्ञ चिकित्सकसँग जोडिन यो प्लेटफर्मले सहजीकरण गर्छ । साथै यात्रा व्यवस्थापन, आवास र भिसा प्रक्रियामा सहयोग प्रदान गरेर बिरामीको विदेश उपचारलाई सहज बनाउने उनले बताए ।

विदेशमा रहेका नेपाली डायस्पोरालाई आफ्नो स्वास्थ्य सेवामा नेपाली विशेषज्ञसँग जोड्ने अवसर प्रदान पनि यो सेवाले गर्ने उनी बताउँछन् ।

‘हाम्रो लक्ष्य हरेक नेपालीलाई आफ्नो स्वास्थ्य निर्णयमा सशक्त बनाउनु हो, चाहे उनीहरू नेपालमा हुन् वा विदेशमा,’ चुकेले भने ।

एकपटक यो प्लेटफर्ममा सूचीकृत भएपछि बिरामीहरूले फलोअप नोटिफिकेसन प्राप्त गर्छन् । उनीहरूले घरमै नमुना संकलनका लागि ल्याबलाई बोलाउन सक्छन् । डिजिटल प्रेस्क्रिप्सनको सुविधाले औषधि मगाउन पनि सजिलो हुन्छ ।

त्यस्तै, यो एपको डिजाइन सरल र प्रयोगकर्तामैत्री छ, जसले हरेक नागरिकलाई आफ्नो स्वास्थ्य निर्णयमा सशक्त बनाउने उद्देश्य राख्छ ।

डिल्लीबजारमा विशेषज्ञ चिकित्सक भेट्नुपर्ने होस् वा दिल्लीमा, स्वदेशमा उपचार गर्नुपर्ने होस् वा विदेशमा, यो प्लेटफर्मले बिरामीहरूलाई आत्मविश्वासका साथ स्वास्थ्य सेवा प्रदान गर्ने बरालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?