
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- जाजरकोटको जिल्ला कारागारमा एक जना थुनुवा मृत फेला परेका छन्।
- मृतक २६ वर्षीय दीपक बुढा जबरजस्ती करणीको आरोपमा थुनामा थिए।
- घटना बिहान भएको र थप अनुसन्धान भइरहेको छ।
- मुद्दाको फैसला अझै भएको छैन।
२८ वैशाख, काठमाडौं । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले अनलाइनखबरलाई जानकारी दिए ।
‘आज (आइतबार) बिहान कारागारभित्रै झुण्डिएको अवस्थामा उहाँ भेटिनुभएको हो,’ शर्माले भने, ‘घटनाबारे थप अनुसन्धानको काम भइरहेको छ ।’
शर्माका अनुसार, मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए ।
अदालतबाट उनीविरुद्धको मुद्दामा फैसला हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4