+
+
Shares

वाईसीएल पुनः जुर्मुराउने बेला आयो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाईसीएल नेपालले पुनः एकपटक नयाँ क्रान्तिको तयारी गर्नु पर्ने बेला आएको दावी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते १६:५२

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • प्रचण्डले वाईसीएल नेपाललाई पुनः संगठित गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरे।
  • उनी युवाहरूलाई पुनः सक्रिय बनाउने उद्देश्यले मर्निङ वाक अभियान चलाएको बताए।
  • प्रचण्डले वाईसीएल नेपाललाई नयाँ क्रान्तिको तयारी गर्न र राष्ट्र र जनताको पक्षमा समर्पित हुन आग्रह गरे।

२९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएल नेपाललाई पुनः संगठित गर्ने अभियानमा आफू रहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार वाईसीएल नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले त्यसका लागि नै आफूले मर्निङ वाक अभियान चलाएको बताए ।

‘तपाईंहरूले देख्नुभएको छ, म बिहान बिहानै हिँड्ने गरेको छु । त्यो मर्निङ वाक होइन, त्यो युवाहरूलाई फेरि आन्दोलित गर्ने, वाईसीएललाई फेरि संगठित गर्ने महाअभियान हो,’ उनले भने ।

आजको समयको वाईसीएल नेपालले नयाँ क्रान्तिको तयारी थाल्नु पर्ने बताएका प्रचण्डले अभियानको तयारीको लागि लामबद्ध हुन्, फेरि एकचोटी जुर्मुराएर उठ्न आवश्यक रहेको बताए ।

‘नयाँ क्रान्तिको तयारीको निम्ति वाईसीएल नेपाल एकपटक फेरि जुर्मुराएर उठोस् भन्ने म चाहन्छु,’ उनले भने, ‘किनभने, वाईसीएलले फेरि एकपटक राष्ट्र र जनताको पक्षमा आफूलाई समर्पित गर्ने बेला आएको छ ।’

प्रचण्डले अभियानको क्रममा र जनसभाको लागि जिल्ला जिल्लामा जाँदा यसपटक वाईसीएल नेपाल सक्रिय हुन थालेको आफूले महसुस गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?