
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सेली महिलाको कञ्चनजंघा हिमाल आरोहणको क्रममा मृत्यु भएको छ।
- उनी ८ हजार मिटरको उचाइमा पुगेपछि श्वासप्रश्वासको समस्या देखिएको थियो।
- मृतकको शव करिब ७,५०० मिटर उचाइमा रहेको छ।
२९ वैशाख, विराटनगर । कञ्चनजंघा हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ । आरोहणका क्रममा फ्रान्सेली नागरिक ६३ वर्षीया मार्गेटा मोरिङको मृत्यु भएको हो ।
करिब ८ हजार मिटरको उचाइमा पुगेपछि उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएर वैशाख २६ गते दुई फ्रान्सेली नागरिकले कञ्चनजंघाको आरोहण सुरु गरेका थिए ।
वैशाख २७ गते राति करिब ११ बजे ८ हजार मिटर उचाइमा पुगेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
उनीसँगै गएका अर्का एक फ्रान्सेली नागरिक भने सकुशल रहेको उनले बताए । महिलाको शव करिब ७,५०० मिटर उचाइमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4