+
+
Shares

सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु

उदयपुरको कटारीबाट सिन्धुलीको डकाहातर्फ जाँदै गरेको बीएबी ०१८८ नम्बरको ल्यान्ड क्रुजर कारले खोरभञ्ज्याङमा अन्दाजी १० वर्षीय बालक मन्देश सदालाई ठक्कर दिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारले १० वर्षीय बालकलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
  • उदयपुरको कटारीबाट सिन्धुली जाँदै गरेको कारले बालकलाई ठक्कर दिएको थियो, उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।
  • प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

३० वैशाख, काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङ स्थित मदन भण्डारी राजमार्गमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट सिन्धुलीको डकाहातर्फ जाँदै गरेको बीएबी ०१८८ नम्बरको ल्यान्ड क्रुजर कारले खोरभञ्ज्याङमा अन्दाजी १० वर्षीय बालक मन्देश सदालाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?