
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन ३५ दिनमा सकिएको छ र यसको पोस्ट-प्रोडक्सन कार्य जारी छ।
- फिल्मले गाउँदेखि सहर आएका व्यक्तिको जीवन परिवर्तन र सम्बन्धहरूको कथा प्रस्तुत गर्दछ र मुख्य भूमिकामा विजय बराल, केकी अधिकारी लगायतका कलाकारहरू छन्।
- निर्देशक हिमाल न्यौपानेले यस फिल्मले दर्शकको मन छोने विश्वास व्यक्त गरेका छन् र यसमा विभिन्न सम्बन्ध र संघर्षहरूलाई बुन्ने प्रयास गरिएको छ।
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माताले सोमबार ललितपुरको च्यासलमा इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराए ।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको हो । ‘अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको छ’ निर्देशक हिमाल न्यौपानेले भने, ‘अब पोस्ट-प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ ।’
यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
फिल्मको एसोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन् । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ । भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापाको पनि अभिनय छ ।
इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता बरालले भने, ‘केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो । अझै धेरै ‘भयङ्कर मान्छे’सँग काम गर्ने मौका मिल्यो । म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ । यो सिनेमामा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ । यसले दर्शकको मन छोला भन्ने विश्वास छ ।”
असोसियट निर्देशक राउतले जीवन भोगाइ र सम्बन्धको कथा, फिल्मका पात्रले गरेको संवाद र संघर्षलाई जनैको डोरीजस्तै बुन्ने प्रयास गरिएको बताए ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।
पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्ममा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् । प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत हुनेछ ।
प्रतिक्रिया 4