+
+
Shares

‘विश्वकै गरिब राष्ट्रपति’ भनेर चिनिने पूर्वगुरिल्ला नेता पेपेको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ।
  • उनी सन् २०१० देखि २०१५ सम्म राष्ट्रपति थिए र अत्यन्त साधारण जीवनशैली अपनाउँथे ।
  • उनको निधनको कारण खाद्य नलीको क्यान्सर भएको हुनसक्ने बताइएको छ।

३१ वैशाख, काठमाडौं । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । पूर्वगुरिल्ला नेता मुहिका ‘पेपे’ नामले पनि चिनिन्छन् ।

उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । तर उनले अत्यन्त साधारण जीवनशैली अपनाउथे । त्यसैले उनलाई ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ पनि भनिन्थ्यो ।

उनको निधनको कारण खुलिसकेको छैन । यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्, ‘तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद ।’

को हुन् होसे मुहिका ?

उनको पूरा नाम होसे अल्बर्टो मुहिका कोर्दानो हो । उनी २० मे १९३५ मा उरुग्वेको मोन्टेभिडेओ शहरमा जन्मिएका थिए ।

१९६० को दशकमा उनी एक वामपन्थी गुरिल्ला समूह टुपामारोसमा संलग्न भएका थिए । उरुग्वेमा सैनिक शासन (१९७३–१९८५) को समयमा उनी १४ वर्ष जेलमा परेका थिए ।

लोकतन्त्र पुनःस्थापनापछि उनी पुनः राजनीतिमा सक्रिय भए । पछि उरुग्वेको कृषि मन्त्रीसमेत भए ।

२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति बने । उनको शासनकालमा उरुग्वेले गाँजाको व्यापारलाई वैधता, समलैंगिक विवाहलाई मान्यता र गरीबी निवारणमा सुधार जस्ता ऐतिहासिक निर्णयहरू गर्‍यो ।

राष्ट्रपति पदबाट निवृत्त भएपछि उनले लेखपढ र कृषि कार्य गरेर बिताए । उनले ‘अ ब्ल्याक शीप टु पावर’ नामको किताब पनि लेखेका छन् ।

जनतासँग नजिक हुने दानी नेता

उनी आफ्नो जीवनकालभर आदर्शवादी, प्रगतिशील र जनतासँग नजिक हुने नेता भनेर ख्याति पाएका थिए ।

उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । राष्ट्रपति बनेपछि पनि मुहिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बनेका थिए ।

तर कार्यकाल सकिनुभन्दा अगाडि नै उनले पदबाट राजीनामा दिएका थिए । त्यतिबेला ८३ वर्षका मुहिकाले भनेका थिए- मैले आफ्नो कार्यकाल पूरा गर्न सक्दिनँ । किनकि यो लामो यात्रामा म थाकिसकेको छु ।

सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई उनले आफ्नो राजीनामा पत्र पुर्‍याएका थिए । लुसिया मुहिकाकी श्रीमती हुन् ।

उक्त पत्रमा राजीनामा दिनुको कारण ‘व्यक्तिगत’ लेखिएको थियो ।

राजनीतिबाट रिटायर्ड भएपछि उनले पेन्सन लिन समेत इन्कार गरे । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।

मुहिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बसेका थिए । यी दुवै पति-पत्नी विद्रोही समूह टुपामारोसका सदस्य समेत थिए ।

राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो ।

हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध थियो । सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजेका थिए तर मुहिकाले बेच्न मानेनन् । त्यतिबेला उनले ‘मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?