
News Summary
Generated by OK AI. Editorially reviewed.- मोडल कुसुम शर्माले प्रेमी विश्व अधिकारीसँग इन्गेजमेन्ट गरेकी छन् र उनले यसको जानकारी टिकटकमार्फत सेयर गरेकी छन्।
- कुसुमले आफ्नो प्रेम सम्बन्ध र चाँडै विवाह गर्ने योजना बारे पहिले युट्युब अन्तर्वार्तामा बताएकी थिइन्।
- उनले फिल्म ‘वर एण्ड वधु’बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् र सकम्बरी म्युजिक भिडियोबाट चर्चामा आएकी थिइन्।
काठमाडौं । २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् ।
प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गर्दै जानकारी दिएकी छन् ।
उनलाई प्रशंसकले बधाइ दिइरहेका छन् । केही महिनाअघि युट्युब अन्तर्वार्तामा कुसुले आफू र विश्वबीच गम्भीर प्रेम रहेको र चाँडै विवाह गर्न लागेको बताएकी थिइन् ।
कुसुमले मिलन चाम्स निर्देशित फिल्म ‘वर एण्ड वधु’बाट फिल्ममा डेब्यु गरेकी थिइन् । सकम्बरीपछि उनले दर्जनौं म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4