+
+
Shares

बागबजारमा युवतीको हत्या, पूर्व सैनिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते ११:१४
पक्राउ परेका रामचन्द्र पन्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागबजारमा एक युवतीको हत्या भएको छ र प्रहरीले एक जना पूर्वसैनिकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्ने रामचन्द्र पन्त धादिङका निवासी हुन् र उनी गत चैत ११ गतेको घटनामा संलग्न रहेको आशंका गरिएको छ।
  • हत्या भएको घटनाको बारेमा जानकारी पाएपछि प्रहरीले पक्राउ र अनुसन्धान सुरु गरेको छ।

३१ वैशाख, काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो नागढुंगाबाट पक्राउ गरेको हो ।

पन्त र नुवाकोटको सूर्यगढी नगरपालिका–१ घर भई काभ्रेस्थली नै बस्ने २८ वर्षीया बिमला तामाङ २९ चैतमा काठमाडौं महानगरपालिका–२८ स्थित बागबजारको एक गेस्टहाउसमा पुगेका थिए ।

सोही गेस्टहाउसमा साँझ अन्दाजी पौने ६ बजेतिर तामाङ मृत फेला परेकी थिइन् । मृत फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको थियो ।

पन्त भने फरार थिए । हत्या गरेर उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरीको भनाइ थियो ।

करिब एक महिनापछि फर्केर काठमाडौं आउँदै गरेका बेला उनी पक्राउ परेको परिसरका प्रवक्ता तथा सूचना अधिकारी अपील राज बोहराले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका पन्त पूर्व सैनिक हुन् । मृतक महिला र पन्त दुबै विवाहित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?