
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रदीप खड्का र चुमले नयाँ फिल्म ‘ऐरी’ को छायांकन सुरु गरेका छन् र यो फिल्मको मुख्य स्थान ढोरपाटन हो।
- फिल्मको छायांकन ५० दिनसम्म चल्नेछ र यसपछि काठमाडौं र भारतमा थप छायांकन हुनेछ, साथै कान्स फिल्म फेस्टिभलमा प्रदीपको फिल्म ‘एक्लो’ को पिचिङ हुने अपेक्षा छ।
- ‘ऐरी’ जीवन थापाले निर्देशन गरेका हुन् र यसलाई नेपाली, हिन्दी र केही क्षेत्रीय भाषामा बनाइने छ, जसको छायांकन १ वर्षसम्म चल्नेछ।
काठमाडौं । अभिनेता प्रदीप खड्काले पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट आगामी फिल्म ‘ऐरी’को छायांकन थालेका छन् । प्रदीपसहित चुम दरङ र सोनमले बुधबारदेखि एक्सन फिल्मको सुटिङ थालेका हुन् ।
धीरज मगर र भुटानी अभिनेता सांगे सेल्ट्रिम आगामी साता छायांकनमा सहभागी हुनेछन् । अनलाइनखबरसँग कुरा गर्दै प्रदीपले बुधबारदेखि छायांकन सुरु भएको जनाए ।
सलमान खानले होस्ट गर्ने भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोस’को पछिल्लो सिजनबाट चर्चामा आएकी बलिउड अभिनेत्री समेत रहेकी चुमले यो फिल्मबाट नेपाली फिल्ममा डेब्यु गदैछिन् । फिल्ममा उनी प्रदीपको अपोजिटमा देखिनेछिन् ।
ढोरपाटनमा मात्र ५० दिन छायांकन हुने जनाइएको छ । त्यसपछि काठमाडौं र भारतमा छायांकन तयारी छ । छायांकनकै बीचमा आगामी साता प्रदीप कान्स फिल्म फेस्टिभलमा सहभागी हुन केही दिनको लागि फ्रान्स जाने अपेक्षा गरिएको छ । कान्स मार्केटमा उनको आगामी फिल्म ‘एक्लो’ पिचिङ हुँदैछ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
‘ऐरी’लाई जीवन थापाले निर्देशन गरिरहेका छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रको जंगल क्षेत्रमा छायांकन हुनेछ । हिमाली परिवेश भएकाले त्यहाँको जनजीवन दर्शाउन घोडाचढी र तिर हान्ने जस्ता कौशल कलाकारले सिकिरहेका छन् ।
छायांकन ३ महिना चल्ने, ८ महिना भीएफएक्स गर्दैमा बित्ने भएकाले फिल्मको निर्माण हुन १ वर्ष लाग्ने बताइन्छ ।
यो फिल्मलाई निर्देशक थापाको उपकरण कम्पनी मल्टिमेटले भारतीय वितरकसँगको सहकार्यमा निर्माण गर्दैछ । नेपाली र हिन्दी भाषामा बन्ने यो फिल्मलाई केही क्षेत्रीय भाषामा पनि स्वरांकन गर्ने बताइएको छ ।
प्रतिक्रिया 4