+
+
Shares

३१५ स्थानीय तहको ६ अर्ब ५९ करोड अबन्डा बजेट

आर्थिक वर्ष २०८०/८१ मा ३ सय १५ स्थानीय तहले ६ अर्ब ५९ करोड ३ लाख ८१ हजार अबन्डा राखी बजेट तथा कार्यक्रम स्वीकृत गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय तहले अबन्डामा राखेर बजेट स्वीकृत गरेपछि महालेखा परीक्षकले नियन्त्रणको सुझाव दिएको छ।
  • आर्थिक वर्ष २०८०/८१ मा ३१५ स्थानीय तहले ६ अर्ब ५९ करोड ३ लाख ८१ हजार रुपैयाँको अबन्डा राखेका छन्।
  • महालेखाले भनेको छ कि अबन्डा रकमले वित्तीय अनुशासन नपाल्ने र खर्चमा अनियमितता हुन सक्ने खतरा छ।

३१ वैशाख, काठमाडौं । स्थानीय तहले अबन्डामा राखेर बजेट तथा कार्यक्रम स्वीकृत गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले नियन्त्रण गर्न सुझाव दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बजेट तथा कार्यक्रमको प्राथमिकीकरण गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबन्डा नराखी आय–व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था छ ।

तर, आर्थिक वर्ष २०८०/८१ मा ३ सय १५ स्थानीय तहले ६ अर्ब ५९ करोड ३ लाख ८१ हजार अबन्डा राखी बजेट तथा कार्यक्रम स्वीकृत गरेका छन् ।

महालेखाको प्रतिवेदमा भनिएको छ, ‘अबन्डा रकम कार्यपालिकाको निर्णयबाट पछि बाँडफाँट गरी पटके आयोजना र कार्यक्रममा खर्च हुने, वित्तीय अनुशासन पालना नहुने लगायत अवस्था विद्यमान रहने हुँदा अबन्डा राखी खर्च गर्ने कार्यमा नियन्त्रण गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?