+
+
Shares

विद्युतीय रेलमार्ग निर्माणमा ३३ अर्ब खर्च

नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन ९ खर्बको लागत १५ अर्ब रुपैयाँ पुगिसकेको प्रतिवेदनमा उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निर्माणमा हालसम्म ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ।
  • यस परियोजनाले ६५ किलोमिटर ट्रयाकबेड र १६ पुल निर्माण गरेको छ।
  • कुल लागत अनुमान ९ खर्बबाट बढेर १५ खर्ब रुपैयाँ पुगेको छ र यो आयोजना २०८६/८७ मा सम्पन्न हुने लक्ष्य राखिएको छ।

३१ वैशाख, काठमाडौं । नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन हालसम्म ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनले उक्त रकम खर्च भएको देखाएको हो ।

यो वर्षसम्म ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको तथा ५ सय ५३ बिघा जग्गाको मुआब्जा समेत गरी हालसम्म ३३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ ।

नेपालको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग बनाउन ९ खर्बको लागत खर्ब अर्ब रुपैयाँ पुगिसकेको प्रतिवेदनमा उल्लेख छ ।

झापा काँकडभिट्टादेखि कञ्चनपुर गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिंकमार्गहरू समेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग बनाउन सरकारले २०६५/६६ मा आयोजनाको सुरुवात गरेको थियो ।

यो आयोजनाको सुरु लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँ रहेकोमा संशोधित लागत अनुमान १५ खर्ब रुपैयाँ पुगेको छ । आयोजना २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?