
News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य नेपाली बजारमा एकै दिन ३५०० रुपैयाँले घटेको छ, जसले बजारमा गिरावट देखाएको हो।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्ने प्रभावले नेपाली सुनको बजारमा पनि गिरावट आएको हो।
- चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ, जसले बजारमा आएको गिरावटलाई संकेत गर्दछ।
१ जेठ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4