+
+
Shares

मोहन बस्नेतको सांसद पद निलम्बन भएको सूचना संसद्‍मा सुनाइयो

बिहीबार प्रवितनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस्तो सूचना सुनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:२५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्बन गरिएको छ ।
  • सभामुख देवराज घिमिरेले संसद्‍मा बस्नेतको निलम्बनको सूचना दिएका छन् ।
  • सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई भ्रष्टाचार निवारण ऐन अनुसार स्वचालित रूपमा निलम्बनमा राखिने व्यवस्था रहेको छ।

१ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य मोहन बस्नेतको पद निलम्बन भएको सूचना संसद्‍मा सुनाइएको छ ।

बिहीबार प्रवितनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले यस्तो सूचना सुनाएका हुन् ।

टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको र त्यसमा संलग्न रहेको भनेर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यही सूचना संसद् सचिवालय पुगेको थियो ।

उक्त सूचना समाभुख घिमिरेले सभामा सुनाएका हुन् ।

सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन अनुसार बस्नेत स्वतः निलम्बनमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?