+
+
Shares

टेरामक्सबारे मोहन बस्नेतले क्षेत्राधिकार बाहिर गई एकल निर्णय गरेको अख्तियारको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १३:३९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन बस्नेत र अन्य १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ किनभने उनले क्षेत्राधिकार बाहिर गएर एकल निर्णय लिएको आरोप लागेको छ।
  • अख्तियारले दाबी गरेको छ कि बस्नेतले आफ्नो क्षेत्राधिकारको उल्लंघन गरी टेरामक्सको विषयमा एकल निर्णय लिएका थिए जुन कानूनविपरीत थियो।
  • यस मुद्दाले नेपाल दूरसञ्चार प्राधिकरणलाई हानिकारक प्रभाव पार्ने उद्देश्यले यस्तो कार्य गरिएको आरोप लगाएको छ।

१ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्सबारे मोहन बस्नेतले क्षेत्राधिकार बाहिर गई एकल निर्णय गरेको दाबी गरेको छ ।

यस्तो दाबीसहित अख्तियारले बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

‘नेपाल दूरसञ्चार नियमावली, २०५४ को दफा ३४ग बमोजिम प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको थियो । त्यसबेला सूचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत थिए ।

यहीँनेर अख्तियारले भनेको छ, ‘प्राधिकरणको प्रस्तावित कार्यक्रममा समावेश नभएको टेरामक्सको विषयमा तत्कालीनमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रुपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको …।’

बस्नेतको सोही एकल निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरुले एक आपसमा मिलेमतो गरी सर्वोच्च अदालतबाट जारी भएको आदेशको प्रतिकूल र प्रचलित कानूनविपरीत कार्य भएको अख्तियारको दलिल छ ।

यस्तो कार्य सार्वजनिक संस्था नेपाल दुरसञ्चार प्राधिकरणलाई हानिनोक्सानी गर्ने/गराउने मनसाय अन्तर्गत भएको भनिएको छ ।

यही आरोपमा बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?