+
+
Shares

५ लाख ७० हजार घुससहित भक्तपुरबाट इन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते २१:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन्तोष कुमार यादवलाई ५ लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।
  • उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मा रहेको रेस्टुरेन्टबाट पक्राउ परेका हुन्।
  • उनी खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीको बहानामा घुस लिएको अवस्थामा पक्राउ परेका हुन्।

१ जेठ, काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर ५ लाख ७० हजार घुससहित पक्राउ परेका छन् ।

महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले घुससहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।

उनले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीको भन्दै विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?