
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
- बस लहानबाट काठमाडौं जाँदै गर्दा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
- घाइते सबैको अवस्था सामान्य रहेको र प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।
२ जेठ, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4