
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘जार’ ले नेपाल र भारतमा राम्रो समीक्षा पाएको छ र विश्वव्यापी रुपमा प्रदर्शनमा आएको छ।
- फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको कथा प्रस्तुत गर्दछ र विभिन्न देशहरूमा प्रदर्शन भइरहेको छ।
- यस फिल्ममा प्रमुख भूमिकामा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा छन्।
काठमाडौं । नेपाल र भारतमा गत सातादेखि प्रदर्शनमा आएको फिल्म ‘जार’ शुक्रबारदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ । यो फिल्म अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका, मध्यपूर्व लगायतका मुलुकमा रिलिज भएको हो ।
निर्माण कम्पनी फेरि टेल पिक्चर्सका अनुसार मध्यपूर्वका युएई, कतार र बहराइनमा भने विहिबारदेखि नै प्रदर्शनमा आएको छ ।
निर्देशक फुर्वाछिरिङ लामाका अनुसार युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलमा फिल्म प्रदर्शनमा आइसकेको छ । कतारको दोहा, बहराइनको मनामा लगायतका सहरमा पनि रिलिज भएको छ ।
‘नेपाल र भारतमा हाम्रो चलचित्र हेर्ने जति पनि दर्शक हुनुहुन्छ उहाँहरूले र फिल्म समीक्षकबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ, लामाले भने, ‘डायस्पोरामा रहनुभएका नेपाली कलाप्रेमीबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ’ उनले भने ।
यो फिल्मले नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको कथा पेश गर्छ ।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन् ।
प्रतिक्रिया 4