
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता नेपाली बक्सअफिसमा ४ करोड ४ लाख रुपैयाँभन्दा बढी कमाइ गर्यो।
- दोस्रो साता प्रवेश गरेपछि, शो संख्या घट्दै गएको छ, जसले फिल्मको प्रदर्शनमा चुनौती थपेको छ।
- फिल्मले अन्तर्जातीय प्रेम र सामाजिक टकरावको कथा प्रस्तुत गर्दछ, र नयाँ फिल्महरूको रिलिजले यसको प्रदर्शनमा प्रभाव पार्न सक्छ।
काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । विपिन कार्की र मिरुना मगर स्टारर फिल्मको पहिलो साताको कमाइ सुखद रह्यो ।
फिल्मले पहिलो साता देशब्यापी ४ करोड ४ लाख ७८ हजार २१० रुपैयाँ (विहिबार रातीसम्म) ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ ।
दोस्रो सातादेखि फिल्मको शो संख्यामा केही गिरावट देखिएको छ । १९० शोसहित प्रदर्शनमा आएको फिल्मको दोस्रो शुक्रबारको शो संख्या ११५ शो छ ।
नवीन चौहान निर्देशित यो फिल्मले अन्तर्जातीय प्रेममा आउने सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक टकरावको कथा पेश गर्छ । शुक्रबारदेखि ३ नयाँ फिल्म रिलिज भएकाले ‘ऊनको स्वीटर’लाई शो संख्या र अकुपेन्सीलाई स्थिर राख्नुपर्ने चुनौती छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4